दफा
असहाय एकल महिला भत्ता
देहायका एकल महिलाले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ताको रुपमा नेपाल सरकारले तोकेको असहाय एकल महिला भत्ता पाउनेछन्‌:-

(क) विधवा,

(ख) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेकोभन्दा न्यून आय भएका र पालन पोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रुपले विपन्न अवस्थामा रहेका वा त्यस्तो सदस्यले पालनपोषण नगरेका अन्य एकल महिला ।